काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमुलक तालिम दिने

काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमुलक तालिम दिने भएको छ।

यी मध्ये पाँच हजारलाई रोजगारी दिने योजनासमेत महानगरको छ। मेयर बालेन शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा आयवृद्धि योजना ल्याइएको बताएका छन्।

उनकाअनुसार समृद्धि गौरब योजना र श्रम बैंक स्वर्णिम योजना सञ्चालन गरिनेछ। ‘हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सीममुलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरब योजना ल्याइएको हो,’ सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनले पोस्ट गरेका छन्।

 

 

SHARE