सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान २ः५१ मा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको ठुलो झड्कासँगै राजधानी काठमाडौंलगायतका वासिन्दाहरु ब्यूँझिएका थिए ।

भूकम्पको धक्का देशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

SHARE