एमाले ११औँ महाधिवेशनमा दुई समूहबीच कडा प्रतिस्पर्धा, पदाधिकारीमा उम्मेदवार टुंगिए

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा दुई समूहबीच पदाधिकारी तहमा प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरे पनि नेताहरूले औपचारिक रूपमा व्यक्तिगत उम्मेदवारीको दाबी गरेका छन्।

ईश्वर पोखरेल पक्षबाट अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरूङ र अरूण नेपाल, महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार हुने तय भएको छ। उपमहासचिवमा योगेश भट्टराई र वैद्यनाथ चौधरी तथा सचिवमा कर्ण थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल र पुरूषोत्तम पौडेलको नाम टुंगिएको छ।

SHARE