‘म्हेन्दोला फोले : सय व्यक्तित्व, सय कथा’मा तामाङ समुदायका १०० प्रेरणादायी व्यक्तित्व समेटिए

काठमाडौं । तामाङ समुदायका विभिन्न क्षेत्रका योगदानकर्ता, स्रष्टा, कलाकार, राजनीतिज्ञ, समाजसेवी, सञ्चारकर्मी, अनुसन्धानकर्ता, व्यवसायी तथा धार्मिक व्यक्तित्वहरूको जीवनयात्रालाई समेटिएको पुस्तक ‘म्हेन्दोला फोले : सय व्यक्तित्व, सय कथा’ प्रकाशनको तयारीमा रहेको छ। पुस्तकमा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याएका १०० जना व्यक्तित्वका संघर्ष, सफलता र प्रेरणादायी जीवनकथालाई समावेश गरिएको छ।

पुस्तकमा अभिनेतादेखि गायक, लेखकदेखि अनुसन्धानकर्ता, राजनीतिज्ञदेखि समाजसेवी, सञ्चारकर्मीदेखि धार्मिक गुरु तथा उद्यमीसम्मका व्यक्तित्वलाई समेटेर तामाङ समुदायको समकालीन इतिहास र योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरिएको छ।

पुस्तकमा समेटिएका व्यक्तित्वहरूमा अभिनेता बुद्धि तामाङ, व्यवसायी दान तामाङ, गायक मिलन लामा,  गायक तथा संगीतकार चन्द्रकुमार मोक्तान, गायिका इन्दिरा गोले, गायक, संगीतकार तथा गीतकार फुलकुमार बम्जन, अभियन्ता चरिमाया तामाङ, नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष मोहन गोले, पत्रकार सुवास योन्जन, चलचित्र निर्देशक दिपेन्द्र लामा, अभिनेता कुइसाङ लामा, तेमाल गाउँपालिकाका वडा अध्यक्ष विष्णुबहादुर तामाङ, गीतकार, गायक तथा संगीतकार जीवन बम्जन, गायक तथा संगीतकार उर्गेन दोङ, सांसद तथा पूर्वमन्त्री तिर्थ लामा, वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले, गायक तथा संगीतकार रोज मोक्तान, राजनीतिकर्मी स्मिता लामा, अभियन्ता तथा अनुसन्धानकर्ता खोजराज गोले र गायक विजय लामा रहेका छन्।

यस्तै गायक संजिव योन्जन, कर्म दोङ, सागर एस वाइबा,  व्यवसायी फुलकुमार लामा, गायिका तथा समाजसेवी गोमा योन्जन, पाँचखाल नगरपालिकाका वडा अध्यक्ष संजय लामा, इन्जिनियर तथा पाइलट रत्न लामा, अभिनेत्री, निर्देशक तथा निर्मात्री रञ्जिता लामा, नायक कुमार मोक्तान, गायक मकरबहादुर योन्जन, राष्ट्रिय घेदुङका महासचिव प्रविण कुमार बल, नायक तथा निर्देशक अमिर दोङ, गायक तथा संगीतकार विश्व दोङ, चलचित्र निर्देशक निमा लामा, पूर्वमन्त्री तथा राजनीतिकर्मी सूर्यमान दोङ, लेखक तथा अनुसन्धानकर्ता अजितमान तामाङ, नायिका, निर्देशक तथा निर्माता सुकुमाया मोक्तान, उत्प्रेरक विकाश देव योन्जन, मिस तामाङ २०२४ रिया लामा स्याङतान तथा गायक उत्तर लामा पनि पुस्तकमा समेटिएका छन्।

त्यसैगरी चलचित्र निर्देशक केबी घिसिङ, गायिका रेश्मा बम्जन, गायक, संगीतकार तथा नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान, गायक, संगीतकार तथा लेखक प्रदीप बम्जन, संगीतकार तथा गायक सुशन लामा, संगीतकार तथा निर्देशक विनायक तामाङ, नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष कुमार घिसिङ, पत्रकार  हिरोज लोप्चन, लामा थुप्तेन शोइपा, लामा ङवाङ लोप्चन तामाङ, चलचित्र निर्माता प्रबल सोनाम घिसिङ, पर्वतारोही शर्मिला लामा स्याङतान, गायक तथा अभियन्ता धिरज राई, वित्त व्यवसायी राजु लामा, गीतकार कुमार स्याङबा, वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, संगीतकार मिलन मोक्तान, समाजसेवी कुमार दोङ तामाङ, लेखक तथा अनुसन्धानकर्ता रविन्द्र तामाङ, गायक तथा संगीतकार निमा दोङ तामाङ, चलचित्र निर्देशक रुपेश तामाङ र अमर लामा रहेको छ।

पुस्तकमा मिस तामाङ २०२१ सफलता थिङ, गायिका सुमिना लो, पर्यटन व्यवसायी तिलक लामा, गायिका शशिकला मोक्तान, संगीतकार कुवेर सिं दोङ, गायक तथा संगीतकार सानुबाबु घिसिङ, सञ्चारकर्मी तथा निर्देशक फूलमान बल,  संगीतकार प्रकाश गुरुङ, रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक अमरध्वज लामा, पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, रेडियोकर्मी रमिता लामा, गीतकार तथा समाजसेवी तेन्जी पाख्रिन, गायिका निर्मला घिसिङ, रामला पाख्रिन, लक्ष्मी स्याङतान, गायक योगेश लामा, मानवशास्त्री डा. मुक्तसिं तामाङ, गायक बाबु जिम्बा, गीतकार प्रकाश ब्लोन, लेखक, वरिष्ठ सञ्चारकर्मी तथा अभियन्ता प्रतिक ङ्गेसुर तामाङ, कुमारी तामाङ, खेन्पो पाल्साङ नोर्बु बम्जन, मिस तामाङ २०२५ अन्जु थोकर, अभिनेता तथा लेखक दिलिप तामाङ ‘हुरहुर’, चिकित्सक डा. निराजन तामाङ, पत्रकार विष्णु दोङ, राजनीतिज्ञ, सांसद तथा लेखक परशुराम तामाङ, नेपाल तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङ, गायिका सुनिता बल, गायक संजोक योन्जन, अभियन्ता शर्मिला वाइबा, टुल्कु साङ्गे शेडुप तेन्जिन रेम्पोछे, पूर्वमन्त्री तथा राजनीतिकर्मी शेरबहादुर तामाङ, गायक, संगीतकार तथा निर्देशक रोशन फ्युबा, टिकटकर मनिष लामा, उर्गेन छ्योइफेल लामा, सविता आचार्य र समाजसेवी अनु तामाङलाई पनि समावेश गरिएको छ।

प्रकाशकका अनुसार पुस्तकको उद्देश्य तामाङ समुदायका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूको जीवन, संघर्ष, अनुभव र उपलब्धिलाई अभिलेखीकरण गर्दै भावी पुस्ताका लागि प्रेरणाको स्रोत तयार गर्नु हो। कला, संस्कृति, साहित्य, राजनीति, शिक्षा, सञ्चार, धर्म, सामाजिक नेतृत्व र उद्यमशीलतामा सक्रिय व्यक्तित्वलाई एउटै कृतिमा समेटिएको यो पुस्तक तामाङ समुदायको समकालीन इतिहासलाई दस्तावेजका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।