संयुक्त लगानीमा रुस र भारतबीच १२० वटा विद्युतीय रेल निर्माण गर्ने सम्झौता

रुस र भारतबीच १ सय २० वटा विद्युतीय रेल उत्पादन गर्न संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने भएको छ ।

रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभीएनएल)बीच लामो दूरीमा सञ्चालन हुने १ सय २० वटा रेल बनाउन सम्झौता भएको हो ।

‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलन प्रणाली पनि जडान हुनेछ । दुवै समूहले लगानी गर्ने कम्पनीको नाम किनेट रेलवे सोलुसन्स लिमिटेड हुनेछ । कम्पनीमा आरभीएनएलको २५ प्रतिशत लगानी हुने रुसी समाचारपत्र कमर्सन्टले जनाएको छ । यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य १ अर्ब ४० करोड पर्नेछ ।

महाराष्ट्रको लातुरामा कम्पनी स्थापना गरेर निर्माण प्रारम्भ गरिनेछ ।

SHARE