‘जय हो’ फिल्म भदौ ८ गतेदेखि प्रदर्शन हुने ट्रेलर सार्वजनिक

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको फिल्म ‘जय हो’ को ट्रेलर सार्वजनिक गरिएको छ। उक्त सार्वजनिक ट्रेलरमा सलोन बस्नेत, केकी अधिकारी र अर्पण थापाबीचको  प्रेमकथा देखाइको छ।

फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ भने, टेक पौरखी राईले निर्देशन गरेका छन ।

राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। द्धन्द्व निर्देशन सम्राट बस्नेत, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिंह बस्नेत प्रोडक्सन डिजाइन रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारीले गरेका छन ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जय हो’ फिल्म भदौ ८ गतेदेखि प्रदर्शन हुनेछ।

SHARE