मकवानपुरको हेटौँडामा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

 हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५  रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

चुरियामाइबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको क्रेन आज बिहान पौने ६ बजे आफैँ अनियन्त्रित भई सडक छेउँमा पल्टिँदा १८ वर्षीय  सहचालक विपिन महतोको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालेर उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पर्साको वीरगञ्ज महानगरपालिका ३० लालपर्सा बस्ने ३० वर्षीय चालक दशरथ पासवान भने दुर्घटनामा सामान्य घाइते भएका छन् ।

SHARE