एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपालको ‘ए’ डिभिजन लिग क्लब मछिन्द्र एफसीले भारतको इन्डियन सुपर लिग आईएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।
कोलकातास्थित साल्ट लेक स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजे खेल सुरु हुनेछ । गतसाता काठमाडौंमा सम्पन्न पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै मोहन बगानसँगको भेट गरेको हो ।
मोहन बगानले सिधै दोस्रो चरण खेल्न लागेको हो । भिसा समस्याका कारण मछिन्द्रका लागि पहिलो खेल गुमाएका क्यामरुनी खेलाडी मेसुके ओलोमोउले आजको खेल्ने छन् । उनी भारतको सिक्किमबाटै क्लबको प्रशिक्षणमा पुगेका थिए ।