गंगा दाहालको घरमा आगलागीपछि एक पुरुषको जलेको शव फेला

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा एक पुरुषको जलेको शव फेला परेको छ।

मंगलबार दिउँसो काठमाडौं र ललितपुरमा चलेका विरोध प्रदर्शनकै क्रममा ललितपुर महानगरपालिका–२६ सुनाकोठीस्थित गंगा दाहालको निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।

ललितपुर प्रहरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार, आगलागी नियन्त्रणपछि घरको भित्री भागमा पूर्ण रूपमा जलेको अवस्थामा एक जना पुरुषको शव भेटिएको हो। उनले भने,
“शवको पहिचान खुल्न बाँकी छ। हाल फरेन्सिक परीक्षण र अनुसन्धान भइरहेको छ।”

 

 

SHARE