खेलाडीलाई हौसला स्वारुप सोक्ला भ्याली फुटबल क्लवलाई जर्सी र फुटबल वितरण

दोलखा,सोक्ला । सोक्ला भ्याली फूटबल क्लबलाई जर्सी र फुटबल वितरण गरिएको छ ।

बागमती प्रदेशका सांसद ठुला थामीले टिम क्याप्टेन विष्णु थामीलाई फुटबल र जर्सी वितरण गर्दै ‘सोक्ला भ्याली फुटबल क्लब’को औपचारिक उद्घाटन गरेका हुन् ।

प्रदेश सांसद ठुला थामीले सोक्ला भ्यालीको टिमले जिल्ला हुँदै राष्ट्रिय खेलकुदल क्षेत्रमा छुटै प्रभावसहितको ‘मेडल’ जित्नका लागि शुभकामा दिएका थिए ।

‘२०८० सालको वडा दशैं र तिहारको शुभकामना छ । यो अवसरमा फुटबल क्लवको औपचारिक उद्घाटन हुनु आफैमा गर्वको विषय हो,’ सांसद थामीले भने,‘सोक्ला भ्यालीको संमृद्धि र विकासमा खेलकुदले थप टेवा पुग्ने छ ।’
यहाँको ग्रामिण सडक स्तरोन्ती, सामाजिक विकास र आर्थिक रुपान्तरणका लागि विशेष जोड दिने सांसद थामीको भनाई थियो ।

नेकपा एमाल बागमती प्रदेश समितिका सदस्य हरिवंश चौलागाईले डिलढुंगा आसपास, फुलपा नेगल, चक्पा, सोक्ला भ्यालीको वृहतर विकासका लागि स्थानीय निकाय र प्रदेश सरकारले विशेष जोड दिनु पर्ने धारणा राखेका थिए ।

यहाँको युवाहरुलाई खेलकुदको विकासका लागि जसरी सोक्ला पर्यटन विकास समाजले भूमिका खेलेको छ । यसमा स्थानीय सरकारले विशेष प्याकेज नै बनाएर विद्यार्थी र युवाहरुलाई प्रोत्साहन गर्नु पर्ने उनको सुझाव थियो ।
सोक्ला भ्याली आफैमा कृषि र पर्यटनको उर्वर भूमि भएकाले भीमेश्वर नगरपालिकाले यसको पहिचान गरेर विकास मोडल बनाउन एमाले नेता चौलागाइको टिप्पणी थियो ।

नेकपा एमाले भीमेश्वर नगर कमिटिका अध्यक्ष ज्ञानेन्द्र प्रधानले सोक्ला भ्यालीको रक क्लाईम्विङलाई प्रवद्र्धन गर्न र फुटबल खेलाडिको मनोबल बढाउन सहयोग गर्ने बताए ।

पर्यटन विकास समाजका सल्लाकार तथा भीनपा २ का पुर्व वडा सदस्य निर बहादुर तामाङले खेलकुद आफैमा व्यक्तित्व विकास र राष्ट्रिय गौरवको विषय भएकाले सोक्ला भ्याली फूटबल टिमले खास अर्थ राख्ने बताए ।
यहाँको समृद्धि र विकासलाई थप सशक्त बनाउनका लागि खेलाडिहरुको समेत भूमिका हुने पुर्व वडा सदस्य तामाङको भनाई थियो ।

फूलपा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्द्री दाहालले यहाँको शैक्षिक गुणस्तर र खेलकुदको विकासका लागि जर्सि र फुटबल वितरणले विद्यार्थीहरुमा नयाँ उर्जा थपिएको बताए ।

सोक्ला भ्यालीको विकास अभियानहरु धेरै भएता पनि सुरुवात पहिलो जीत भएको अध्यक्ष दाहालको भनाई थियो ।
भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठको सभापत्तित्वमा कार्यक्रम भएको थियो । वडा अध्यक्ष श्रेष्ठले सोक्ला भ्यालीको विकास निर्माण, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि योजनाबद्ध ढंगले काम गरिरहेको बताए ।

 

SHARE