कालिका माविको स्वर्ण जयन्ती कार्यक्रम सुरु

दोलखा : नविन सुनुवार

दोलखाको तामाकोशी गाउँपालिका -७ हावा स्थित कालिका माविले आफ्नो ५० औ स्थापना दिवसको अवसरमा स्वर्ण जयन्ती कार्यक्रम सुरु गरेको छ ।

सोमबार नेपाल सरकारका भौतिक पुर्वधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा एक भब्य समारोहका साथ उद्घाटन गरिएको हो । सोमबार देखि सुरु भएको स्वर्ण जयन्ती समारोह आगामी फागुन ९ गतेसम्म चल्नेछ ।

कार्यक्रमको मुख्य आकर्षकका लागि सिन्धुली कला घरका सास्कृतिक टिमको पनि सहभागीता रहेको छ । उक्त कार्यक्रम अबधिभर विविध मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको आयोजक टिमले जनाएको छ ।

SHARE