चरेससहित महिला पक्राउ

 माघ २१ गते । कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो ।प्यूठान गौमुखी गाउँपालिका –३ कि घर्तीले रुकुमपूर्वबाट भारततर्फ लागुऔषध ओसारपसार गर्न लागेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो ।

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा झोलामा पोको पारी राखेको (९) पोका चरेस बरामद गरेको छ ।

SHARE