गायक आस्मान लोप्चनको अभिनय रहेको ‘च्याङबा र मैच्याङ’ बोलको गीत सार्वजनिक

‘च्याङबा र मैच्याङ’ बोलको गीत सार्वजनिक गरिएको छ।

शनिवार सार्वजनिक गीतमा गायक आस्मान लोप्चन र सुबानि मोक्तानको स्वरमा सजिएको “च्याङबा र मैच्याङ” गीतको म्युजिक भिडियो  चावाहिल स्थित चलचित्र विकास बोर्डमा पत्रकार सम्मेलन गरि  सार्वजनिक गरिएको हो ।

भिडिओमा  गायक आस्मान लोप्चन , रिया लामा , गोकुल तामाङ  साथै अतिथि कलाकारको रुपमा सरना तामाङ र सोनाम लामाको अभिनय रहेको छ ।

आस्मान लोप्चनको शब्द ,प्रकाश लामाको संगीत रहेको गीतलाई, एरेन्ज बिसम आचार्यको, मिक्सिङ / मास्टरीङ साजान साहले  गरेका हुन्।  युबराज वाईबाको  निर्देशनमा भिडिओ तयार भएको हो।

निसल पौडेलको छायांकन रहेको भिडिओमा विकास दाहालको सम्पादन रहेको छ । गीतलाई Click Nepal युट्युब च्यानलबाट  बजारमा प्रस्तुत गरेको हो ।
https://youtu.be/u_SEh1HxJ2g?si=sZecD8xu1rJAYENh

 

 

 

 

SHARE