सेफ प्रेमलाल घिसिङको ‘रैथाने खाना’ बोलको गीत सार्वजनिक

‘रैथाने खाना’ बोलको गीत सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक गीतमा गायक फूलकुमार बोम्जन र गायिका सुमिना लोको स्वरमा सजिएको “रैथाने खाना” गीतको म्युजिक भिडियो  स्वायम्भु स्थित तामाङ कुताप धिममा पत्रकार सम्मेलन गरि  सार्वजनिक गरिएको हो ।

भिडिओमा प्रेमलाल घिसिङ, फूलकुमार बोम्जन , सुमिना लो, सेफ मन बहदुर तामाङ, सेफ जित मोक्तानको अभिनय रहेको छ ।

सेफ प्रेमलाल घिसिङको शब्द ,फूलकुमार बोम्जनको संगीत रहेको गीतलाई, एरेन्ज पवन लामाको, मिक्सिङ / मास्टरीङ डिक गुरुङले  गरेका हुन्। भने सेफ प्रेमलाल घिसिङको  निर्देशनमा भिडिओ तयार भएको हो।

डिक गुरुङको छायांकन, सञ्जय लामाको सम्पादन रहेको छ । गीतलाई खाने कथा अफिसियल युटुब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।

उक्त कार्यक्रममा नेपाल टेलिभिजनको महा प्रबन्धक  फूलमान बलको प्रमुख आतिथ्यतमा, विशेष अतिथि रोशी गाँउपालिकाका पुर्व अध्यक्ष डिबि मोक्तान , खेलाडी सुस्मिता तामाङ समाजसेवी  ज्ञानेन्द्र घलान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

 

SHARE