काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाए

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले जमिन कटान गरी बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले  जानकारी दिए । सो घटनामा मान्छे परे वा नपरेको बारे जानकारी आइनसकेको उनले बताए ।

उनले भने– ‘रोशी खोला किनारामा रहेका लगभग १०–१२ घर बाढीले बगाएको छ । बिहानको समयमा बगाएको भएर मानवीय क्षति भएको छैन होला तर पक्की घरहरु बगाएको छ । उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ छ तर बाटो बिग्रिएको कारण जान सक्ने अवस्था छैन ।
त्यस क्षेत्रमा फोन गर्न पनि अहिले नेटवर्क नलागेकोले घटनाको अवस्था बुझ्न सकिएको छैन । त्यो ठाउँ सुरक्षित नै भएपनि बाढीले जमिन कटान गर्दै घर ढालेर बगाएको छ ।’
SHARE