टि २० आई सिरिज : कुशलको विष्फोटक ब्याटिङ मद्दतमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

अमेरिकाविरुद्धको टि २० आई सिरिजको दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ग्राण्ड पेरारी मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित ९२ रन बनाए । उनले ५४ बलको सामना गर्दै ६ छक्का र ७ चौका हिर्काए । लामो समयपछि कुशलको ब्याट चलेको हो । त्यस्तै ओपनर अनिल साहले २५ रन बनाए भने गुल्सन झाले १९ रन बनाए । कप्तान रोहित पौडेल १८ रन बनाउँदै क्याच आउट हुन पुगे ।

अन्तिम बलको सामना गर्न आएका करण केसीले नेपालका लागि ६ रन बनाए । ओपनर आसिफ सेख भने १ रनमै पेभिलियन फर्किए ।

अमेरिकाका लागि नस्थुस केन्जिगे र जस्दिप सिंहले समान २÷२ विकेट लिए । त्यस्तै सौरभ नेत्रवाल्करले १ विकेट हात पारे ।

अमेरिकाले जवाफी ब्याटिङ गर्न लागेको छ ।

SHARE