तीनकुने प्रदर्शनलाई आपराधिक घटनाका रूपमा अनुसन्धान गरिने

तस्बिर : नयाँपत्रिका

राजावादीले तीनकुनेमा गरेको प्रदर्शनलाई सरकारले ‘अराजनीतिक’ भएको भन्दै आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार राति १० बजे बसेको मनित्रपरिषद् बैठकपछि यस्तो बताएका हुन् ।

‘मानिसलाई आगो लगाएर मार्ने घटनालाई राजनीतिक घटनाका रूपमा लिन नसकिने’ उनले बताए।

‘पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूले शुक्रबार जे काम गरे, त्यसको राजनीतिक चेतना, सिद्धान्त, आदर्श र मान्यतासँग कुनै सम्बन्ध र साइनो छैन’, गृहमन्त्री लेखकले भने, ‘यो नितान्त आपराधिक, बर्बरतापूर्ण, अमानवीय र अमर्यादित आपराधिक घटना हो।’

उनले राजावादी समूहले मानिसको सम्पत्ति लुट्ने र घरभित्र मान्छे छ भन्ने थाहा भएकै अवस्थामा आगो लगाउने अमानवीय कार्य गरेको बताए ।

SHARE