काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भू–भागमा साधारणतया बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा बदली रहने र हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।











