(नेसपा) गंगानारायण श्रेष्ठ नेतृत्वको समूह माओवादी केन्द्रमा समायोजन

नेपाल समाजवादी पार्टी (नेसपा) का गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ। श्रेष्ठलाई माओवादी केन्द्रले सचिव बनाउने भएपश्चात सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनी नेतृत्वको समूह माओवादी केन्द्रमा समायोजन भएको हो।

यस अगाडि डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादवले माओ‌वादीसँग सहमति नगरेपछि श्रेष्ठ पक्ष आज माओवादीमा गएको हो।
दुई पार्टीबीच ५ बुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदानसमेत भएको छ। सहमतिका बुँदामा अरू नेतालाई पनि उचित जिम्मेवारी दिने उल्लेख छ। पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुने उल्लेख छ ।

null