झापा ५ मा बालेनको फराकिलो अग्रता, ओली दोस्रो स्थानमा

झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा मतगणना जारी रहँदा बालेन शाह ले उल्लेख्य अग्रता कायम गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शाहले अहिलेसम्म १० हजार ४ सय ६६ मत प्राप्त गरेका छन्।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार केपी शर्मा ओली दोस्रो स्थानमा रहेका छन्। नेकपा (एमाले)का उम्मेदवार ओलीले हालसम्म २ हजार २ सय ५ मत पाएका छन्।

यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरिया ले २ सय ९७ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रन्जित तामाङ ले ३ सय १८ मत ल्याएका छन्।

त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ ले १ हजार ३ सय ५७ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रारम्भिक मतपरिणाममा रास्वपाका शाहले फराकिलो अग्रता बनाइरहेका छन् भने अन्य उम्मेदवारहरू पछ्याइरहेका छन्।