तामाङ समुदायको लोकप्रिय कलाकारद्धय अभि लामा र अनिता गोले विवाह बन्धनमा बाँधिएका छन्।
लामो समयको प्रेम सम्बन्धलाई अभि र अनिताले विवाहमा परिणत गरेका हुन्। विवाह कार्यक्रममा अभि र अनिताको आफन्त परिवारजन र केही कलाकार इस्टमित्रहरु सामेल भएका छन्।
अभि र अनिताको कलाकारीता क्षेत्रमा काम गर्दा भेट भएको थियो। रिलमा दर्शकहरुले जोडीका रुपमा धेरै मन पराए पछि यी दुई नजिकिएका थिए। उनीहरुको विवाह तामाङ संस्कार अनुसार सम्पन्न भएको थियो ।