२० लाखसम्मको कृषि ऋणका लागि मोटर बाटो नपुगेको जमिन धितो राखेर पनि मिल्छ, नदिए गुनासो टिपाउनू :राष्ट्र बैंक

मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि २० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस प्रकारको कर्जा दिन कसैले आनाकानी गरेमा गुनासो टिपाउन पनि आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जवाफ दिनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि यस प्रकारको कर्जा सुविधाको व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

SHARE