अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ गर्न नेपाल तामाङ घेदुङको माग

आज (आइतबार) पत्रकार सम्मेलन गर्दै नेपाल तामाङ घेदुङले अधिवक्ता भगवती पाण्डेलाई तत्काल पक्राउ गर्न माग गरेको छ। पक्राउ पुर्जी जारी भैसकेता पनि पाण्डेलाई पक्राउ गर्न ढिलाई गरेको भन्दै घेदुङले तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहल गोले तामाङले अधिवक्ता शीतल पाण्डेलाई राज्यले तत्काल पक्राउ गरेर कारबाही नगरे नेपाल तामाङ घेदुङ र तामाङ समुदाय आफैँले कारबाही गर्ने बताएका छन् ।

मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको आरोप लगाउँदै तत्काल पक्राउ नगरे आफूहरु सशक्त आन्दोलनमा जाने घेदुङका अध्यक्ष मोहन गोलेले चेतावनी दिएका छन्।

प्राइम टिभीमा एक चिया गफ कार्यक्रम अन्तरवार्ताको अभिव्यक्ति तामाङ समुदायमा परम्परादेखि चलिआएको संस्कार, परम्परागत अभ्यास तथा रीतिरिवाजमा दाजुबहिनीबीच पवित्र सम्बन्ध हुनेमा निज अधिवक्ता भगवती पाण्डे र प्राइम टेलिभिजनका कार्यक्रम प्रस्तोता दिक्पाल कार्कीले विवाहवारी चल्ने भनी दिएको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने किसिमको रहेको घेदुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

SHARE