सामाखुसीबाट खोलाले बगाएर बेपत्ता भएका बालकको शव १० दिनपछि पर्यो फेला

?काठमाडौको सामाखुसीबाट खोलाले बगाएर बेपत्ता भएका बालकको शव १० दिनपछि आज बिहीबार फेला परेको छ ।

बालक १३ वर्षीय साजन मगरको शव दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को बागमती किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिए ।

साउन ७ गते सामाखुसीमा खोलाले बगाउँदा पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन बेपत्ता भएका थिए ।

SHARE