काडमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकाे परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा शुक्रबार किर्तिपुर नगरपालिकास्थित किर्तिपुर मा.वि.मा ‘शास्त्रीय सङ्गीतकाे देशैभर प्रसार : युवा र विद्यार्थीकाे ज्ञानकाे आधार’ भन्ने मूल नारासहित परम्परागत एवम् शास्त्रीय सङ्गीत प्रस्तुति भव्य रुपमा सम्पन्न भएको छ।
किर्तिपुर माध्यमिक विद्यालयकाे सह आयोजना र नेपाल शास्त्रीय सङ्गीत समाजकाे व्यवस्थापनमा आयाेजित कार्यक्रममा चार वटा प्रस्तुति राखिएकाे थियाे । कार्यक्रमलाई नेपाल प्रज्ञा-प्रतिष्ठानकाे कुलपति भूपाल राईले समुद्घाटनगरेका थिए ।
प्रमुख अतिथि राईले शास्त्रीय सङ्गीतमा नेपाली माटाे र माैलिकता खाेज्नुपर्ने बताउँदै यस दिशामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले गुरुयाेजना निर्माण गरेर अघि बढ्नुपर्ने बताए।
कार्यक्रम हेमराज पुन आश्रमकाे गायनबाट शुरु भएकाे थियाे । उहाँले राग केदार प्रस्तुतिमा तबलामा अनन्त प्रजापति, भ्वायाेलिनमा यतिराज अधिकारी हार्माेनियममा आशा थापा, तानपुरामा रुपक भट्टराई र श्रीषा वाग्लेले साथ दिनु भएकाे थियाे ।
दाेस्राे प्रस्तुति नगेन्द्रप्रसाद न्याैपानेकाे समूहले स्वतन्त्र तबला वादनले उपस्थित विद्यार्थीलाई राेमान्चित बनाएकाे थियाे । हार्माेनियमलाई लिड गर्दै न्याैपानेसँगै तीन जना तबला वादक निश्चल महर्जन, विपुल खतिवडा र निखिल विष्टले आकर्षक प्रस्तुति दिएका थिए ।
तेस्राे प्रस्तुति बाँसुरी वादन रहेकाे थियाे । वरिष्ठ बाँसुरी वादक नगेन्द्र विक्रम राईकाे नेतृत्वमा २३ जना बढी कलाकारकाे बेजाेड सामूहिक प्रस्तुति रहेकाे थियाे । बाँसुरी वादनका विद्यार्थीदेखि स-साना केटाकेटी समेत सम्मिलित उक्त समूहकाे प्रस्तुतिले दर्शककाे मा जित्न सफल भएकाे थियाे । यश प्रस्तुतिपछि चर्चित लाेकधुन ‘असारै महिनामा…’ सँगै साकेला गीतकाे धून प्रस्तुत गरिएकाे थियाे ।
यस्तै, ठूलाे समूहलाई तबलामम जगन्नाथ धाैगाेडा, मादल, ढाेल, डम्फूमा दीपेश राईले साथ दिनु भएकाे थियाे । यश समूहका अन्य कलाकारमा नगेन्द्र राई, शरद राई, निरञ्जन राई, कुमार तामाङ, अनुदिप राई, राेस्कार कार्की, अमन जिमी, लिबलुङ राई, अनिता राई, गीता राई, साग, बि.क., देउकुमार निराैला, यमराज राई, कविन्द्र राई, रविन्द्र कुइँकेल, राजकुमार सुनुवार, पारुहाङ राई, नवराज तामाङ, विजय कार्की, काेपिला सुनुवार आदि सम्मिलित हुनुहुन्थ्याे ।
अन्तिम प्रस्तुतिमा नेपाली शास्त्रीय चर्या नृत्यअन्तर्गत वज्रयाेगिनी नृत्य प्रस्तुत गरिएकाे थियाे । नृत्याङ्गानाहरु अनुजा अधिकारी र राेजिना घलानले अत्यन्तै आकर्षक रुपमा बज्रयाेगिनी नृत्य प्रस्तुति गरिएकाे थियाे ।
कार्यक्रम प्रतिष्ठानका उपकुलपति शम्भू राईकाे अध्यक्षतामा रहेकाे थियाे । कार्यक्रम संयाेजक परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ डक्टर किराँतले शुभकामना मन्तव्यका क्रममा युवा विद्यार्थीलाई शास्त्रीय सङ्गीतमार्फत संस्कारमूलक नागरिक बनाउने उद्देश्यले विद्यालय केन्द्रित कार्यक्रम आयाेजना गरिएकाे बताएको थियो।
कार्यक्रममा विशेष अतिथिका रुपमा प्राज्ञपरिषद् सदस्यहरु बखतबहादुर हमाल, हिसनबहादुर समाल र टिका पुन , त्यसै गरि किराँतेशवर सङ्गीताश्रमका अध्यक्ष किर्तिपुर नगर पालिकाका मेयर कृष्ढमान डङ्गाेल, वडाध्यक्ष विष्णु लामम, यलमाया केन्द्रका संयाेजक जीवन आले, किर्तिपुर माध्यमिक विद्यालय सञ्चालक समितिका संयाेजक अमृत महर्जन, प्रधानाध्यापक सरला प्रधान र नेपाल शास्त्रीय सङ्गीत समाजका महासचिव गाेकुल लिम्बुकाे पनि उपस्थिति रहेकाे थियाे ।
विद्यालयका प्रधानाध्यापक सरला प्रधानले आफ्नाे विद्यालयमा कार्यक्रम आयाेजना गरेकाेमा प्रज्ञा-प्रतिष्ठानप्रति धन्यवाद ज्ञापन गरेका थिइ्न। किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डङ्गाेलले किर्तिपुर आफैँमा कलासङ्गीतकाे पुरानाे शहर भएकाेले यस्ता कार्यक्रमले बेग्लै उत्साह थप्ने बताएका थिए। उहाँले आफू पनि ललितकला क्याम्पस पढेकाे सङ्गीतकाे विद्यार्थी भएकाे बताउँदै सङ्गीतसम्बन्धी यस्ता कार्यक्रमका लागि नगरपालिका तहबाट आवश्यक काम र याेजना निर्माणमा दत्तचित्तपूर्वक लाग्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रमकाे सञ्चालन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधा राईले गरेका थिए ।




