पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध गरियो ।

  • ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध गरेको छ। शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए। अहिले दुई ओटा मन्दिरमा नो इन्टृइ ट्याग लगाइएको छ ।

मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासो बढेपछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको हो ।

बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मको लागि मन्दिरहरूमा महानगर प्रहरी खटाउने भएको छ भने  त्यसबाहेक बेलुकी ११ बजेसम्म मोबाइल प्रहरी खटाइने भएको छ ।
No description available.

SHARE