तामाङ पत्रकार संघ भक्तपुरद्वारा २९ औं तामाङ प्रसारण दिवसको भव्य रुपमा मनाउने तयारी

तामाङ पत्रकार संघ भक्तपुरद्वारा २९ औं  तामाङ प्रसारण दिवसको भव्य रुपमा मनाउने भएको छ।

मानव शास्त्री डा. मुक्त सिंह तामाङको प्रमुख आतिथ्यता तामाङ वर्तमान परिस्थितिमा तामाङ पत्रकारको “अवस्था ,सम्भावना र चुनाैती” बारे विशेष बहस कार्यक्रम हुन गइरहेको तामाङ पत्रकार संघ भक्तपुर  शाखाका अध्यक्ष सुदिन दोङले बताएका छन्।

उक्त कार्यक्रम माउन्टेन मल्टिपल कन्सल्टेन्सी सुर्यविनायक भक्तपुरमा  साउन ३० गते मंगलबार दिउँसो १२ बजेबाट शुरु हुने भएको छ।

२०५१ साल भाद्र १ गते रेडियो नेपालबाट तामाङ भाषा समाचार प्रसारण गरेको दिनलाई तामाङ पत्रकार संघले प्रत्येक वर्ष भदौ १ गतेलाई तामाङ प्रसारण दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ ।

 

SHARE