“के भन्नु र खोइ” सार्वजनिक : आधुनिक शैली र रोमान्टिक प्रस्तुतिको आकर्षण

काठमाडौँ — ओपेरा डिजिटलले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली  गीतको भिडियो “के भन्नु र खोइ” सार्वजनिक गरेको छ।

आश्मान लोप्चन र जितु लोप्चनको स्वरमा रहेको यस गीतमा संगीत तथा एरेन्ज सानु बाबु घिसिङले गरेका छन् भने भिडियोलाई युद्व लामाले निर्देशन गरेका हुन्।

भिडियोलाई रोचक र आकर्षक बनाउन कलाकार विक्रम लुङ्वा, आश्मान लोप्चन र मोडल याङ्गी दोङले अभिनय गरेका छन्।

उनीहरूको स्टाइलिश पोशाक, रमाइलो नृत्य तथा भावनात्मक अभिनयले भिडियोमा रोमान्टिक र आधुनिक सौन्दर्य थपिएको देखिन्छ। दुर्गा श्रेष्ठको छायांकन र अनिल बिष्ट प्युठानीको सम्पादनले भिडियोको प्राविधिक पक्षलाई अझ प्रभावकारी बनाएको छ।

SHARE