कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला

कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला परेको छ।

साउन १९ को राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालिकोटका तीनसहित १४ नेपाली बेपत्ता भएका थिए।

तीमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला परेको छ।

गौरीकुण्डमा होटल बगाउँदा बेपत्ता भएका जुम्लाका ११ जना अझै फेला परेका छैनन्। केदारनाथ क्षेत्रमा नेपाली दुर्घटनामा परेको यो पहिलोपटक होइन।

बर्सेनि मानवीय क्षति भए पनि जोखिमपूर्ण मानिएको केदारनाथमा मजदुरी गर्न जानेको संख्या भने बढिरहेको छ।

SHARE