लम्पी स्किनबाट १३ लाख बढी पशु सङ्क्रमित

काठमाडौँ ।  कृषि तथा पशुपन्क्षी मन्त्री डा बेदुराम भुसालले लम्प स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि समितिमा बोल्दै मन्त्री भुसालले लम्प स्किन रोगबाट प्रभावित किसानका लागि क्षतिपूर्ति दिन नसके पनि राहत दिनका लागि कार्यविधि बनाउने काम भइरहेको बताए ।

गत चैत महिनादेखि पश्चिम नेपालबाट लम्पी रोगको सङ्क्रमण फैलिएको बताउँदै हालसम्म १३ लाख ५ हजार पशु सङ्क्रमित भएको जानकारी गराए । जसमध्ये १० लाख हाराहारी सङ्क्रमण मुक्त भएको, ४७ हजार ६ सय ४९ पशुको मृत्यु भएको जानकारी दिए ।

मन्त्री भुसालले टर्कि, तान्जानियाबाट १३ लाख ६९ हजार  डोज भ्याक्सिन ल्याएको र ६ लाख पशुलाई भ्याक्सिन दिइएको जानकारी दिए ।

 

SHARE