विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले आज दिउँसो उनलाई पक्राउ गरेको हो ।
उनकै निवास भक्तपुरबाट उनलाई पक्राउ गरिएको सीआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
प्रसाईलाई साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा चलाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब भन्दा बढी लगानी रहेको आरोप प्रसाईँले लगाएका थिए । उनले आरोप लगाएको भिडियो हिजोदेखि निकै भाइरल भइरहेको छ।
सोमबार पत्रकार सम्मेलन गरी उनले त्यसको प्रमाण रहेको समेत दावी गरी एक दस्तावेज सार्वजनिक गरेका थिए । विवादास्पद अभिव्यक्तिकै कारण प्रहरीले उनलाई पक्राउ गरेको हो।