गोसाइँकुण्डमा दर्शनार्थीलाई चिकित्सक,औषधी र अक्सिजनसहितको सेवा उपलब्ध गराउँदै

रसुवा। रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेलामा आउने भक्तजनलाई सहजताका लागि चिकित्सक टोली तयारीमा राखिएको छ ।

निलाद्रि पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) को समस्या हुन सक्ने भन्दै हिमालय उद्धार संघले औैषधिसहित चिकित्सक टोली तयार गरेको हो। गोसाइँकुण्ड मेला आगामी भदौ ७ गतेदेखि १४ गतेसम्म लाग्ने छ ।

गोसाइँकुण्ड १४ हजार एक सय फिटको उचाइँमा पर्छ । भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित  ६ जना चिकित्सक तयारी अवस्थामा राखिएको हिमालय उद्धार  संघका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले  जनाएका छन  भने संस्थाका स्वास्थ्य सहायक प्रकाश खत्रीको अगुवाईमा प्रत्यक्ष रेखदेख उपचार सेवा  प्रदान गरिने बताए  ।

उक्त टोलीमा डा निसान्त जोशी, डा पशुपति पोखरेल, डा श्रीयासी कार्की, डा आयुस्का पन्त, डा कृष्ण कँडेल र स्वास्थ्य प्राविधिक सचेत सुवेदी रहेका छन् । सङ्घले दुई दशकदेखि कुण्ड क्षेत्रमा गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवासित सहकार्य गरी गोसाइँकुण्डमा विभिन्न सेवा दिँदै आएको छ

“दर्शनार्थीलाई चिकित्सकसहित औषधी, अक्सिजनलगायत सेवा उपलब्ध गराउँदै आएका छौँ”,

कार्यकारी निर्देशक बत्स्यालले बताउनुभयो । गोसाइँकुण्ड मेलाको आवश्यक प्रबन्ध मिलाउन विभिन्न उप–समितिसमेत गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार १५ हजार भन्दा बढी भक्तजनलाई गोसाइँकुण्डमा सेवा प्रदान गर्ने लक्ष्यका क्षका साथ यात्रुको आवश्यक सेवा सुविधाका लागि संस्थाले काम गरिरहेको बताए ।

SHARE