डडेल्धुरा कारागारबाट भागेका २६ कैदी सेनाले लिए नियन्त्रणमा

काठमाडौं । देशव्यापी आन्दोलन र हिंसात्मक घटनाबीच डडेल्धुरा कारागारबाट मंगलबार भागेका २६ जना कैदीलाई पाली सेनाले नियन्त्रणमा लिएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, बुधबार मध्यान्हतिर ती सबैलाई नियन्त्रणमा लिइएको हो।

मंगलबार देशका विभिन्न ठाउँमा भएको प्रदर्शनका बीच थुप्रै कारागारका कैदीहरू भाग्ने घटना भएका थिए। त्यही क्रममा डडेल्धुरामा २६ कैदी कारागारबाट बाहिर निस्कन सफल भएका थिए। सेनाले सर्च अपरेसनमार्फत उनीहरूलाई फेरि नियन्त्रणमा लिएको बताइएको छ।

 

SHARE