तामाङ पत्रकार संघ दोलखा शाखाको अध्यक्षमा फुर्वा तामाङ निर्वाचीत

चरिकोट । तामाङ पत्रकार संघ दोलखा शाखाको नयाँ कार्यसमिति चयन भएको छ ।

तामाङ पत्रकार संघ दोलखाको संस्थापक सदस्य फुर्वा तामाङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । अध्यक्षमा फुर्वा तामाङ ,उपाध्यक्षमा प्रेम तामाङ,सचीवमा अनिता लामा,सहसचिवमा प्रदिप तामाङ,कोषध्यक्षमा अजय तामाङ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा प्रजय गोले ,सविता तामाङ ,वुदिविर तामाङ ,रस्मिता तामाङ चयन हुनुभएको छ । दोलखाको तामाङ पत्रकारहरुलाई एकताबद्ध गर्ने उदेश्यले पुनः गठन गरिएको तामाङ पत्रकार संघ बागमति प्रदेशका अध्यक्ष अर्जुन तामाङले जानकारि दिनुभयो ।

मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले मेलुङ गाउँपालिका भित्रका पत्रकार विषयमा स्नातक तहमा अध्यन गर्ने विद्यार्थीलाई छात्रावृतिको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भएको छ।

उहाँले तामाङ पत्रकार संघलाई सक्रिय गर्ने उदेश्यले विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि छात्रावृतिको व्यवस्था गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जिवन लामा,नेपाल तामाङ घेदुङ दोलखाका अध्यक्ष नविन लामा ,प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले ,प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

SHARE