स्नातक तहमा ‘किरात अध्ययन’ विषय पढाइ हुने

खुल्ला विश्वविद्यालयको समाजशास्त्र संकायको स्नातक तहमा किरात अध्ययन विषय पढाइ हुने भएको छ । पाठ्यक्रम निर्माण समितिका संयोजक प्रा. डा. विष्णु राईका अनुसार चार वर्षे स्नातकमा १०० पूर्णाङ्कको किरात अध्ययन विषय यसै शैक्षिक सत्रबाट अध्यापन हुन लागेको हो ।

अध्ययनका लागि विश्वविद्यालयले अहिले भर्ना आह्वान गरिसकेको प्रा. डा. राईले जानकारी दिए । भर्ना यही माघ महिनाको अन्त्यसम्म खुल्ला रहेको पनि उनले बताएका छन् । यद्यपि आन्तरिक परीक्षा नभएसम्म भर्ना हुन पाउन सक्ने सम्भावना रहेको उनले जानकारी दिए ।

जुनसुकै स्थान वा मुलुकबाट पनि अनलाइनमार्फत् अध्ययन गर्न मिल्ने भएकाले इच्छुक जोसुकैले भर्ना गर्न पनि उनले आग्रह गरेका छन् ।

कति लाग्छ शुल्क ?
चार वर्षमा सकिने स्नातक तहका लागि १६ वटा समेस्टर पूरा गर्नुपर्ने हुन्छ । प्रा. डा. राईका अनुसार प्रत्येक समेस्टरमा बढीमा करिब २० हजार रुपैयाँ लाग्छ । भर्ना शुल्क १०००, लाइब्रेरी शुल्क १५०० लगायत गरेर २० हजार हुने उनको भनाइ छ ।

SHARE