मेयर बालेन शाहले दिए सिंहदरबारमा आगो लगाउने धम्की

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्।

ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।

ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए।

त्यसैको झोंक उनले सामाजिक सञ्जालमा फेरका छन्।

‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर  बालेन शाहले शनिबार राति  सामाजिक सञ्जालमा लेखेका थिए।

SHARE