नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान चयन

नेपाल तामाङ कलाकार संघको १६ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्ष काल्तानसहित २१ सदस्यीय नयाँ कार्यसमिति चुनिएका हुन् ।

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान,संघको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा‚ उपाध्यक्षमा सुवास मोक्तान‚ महासचिवमा खेम मोक्तान‚ सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा सर्वसम्मत चयन भएका हुन् ।

भने सदस्यहरू बुद्ध लामा‚ रेश्मा बमजन‚ जितु लोप्चन‚ आसमान लोप्चन‚ जीवन बमजन‚ लक्ष्मी स्याङ्तान‚ अन्जु थोकर‚ मीन योन्जन‚ बसन्ती लामा‚ अनिता गोले‚ सुमिना लो‚ मिलन थिङ ‘पराङ’‚ प्रदीप लामा र स्मारिका थिङ तामाङ चयन भएका छन् ।

यस अघि संस्थापक अध्यक्ष चन्द्र कुमार दोङले ३ कार्यकाल संघको नेतृत्व गरेका थिए । चन्द्र कुमार दोङ पछिका दोस्रो अध्यक्ष इन्दिरा गोलेले संघको १ कार्यकाल मात्र नेतृत्व गरि तेस्रो अध्यक्षको रुपमा सञ्जिव वाईबालाई नेतृत्व हस्तान्तरण गरे संगै तामाङ कलाकार संघले दोस्रो पुस्ताका कलाकारको नेतृत्व पाएका थिए ।

सञ्जिव वाईबाले संघको २ कार्यकाल नेतृत्व गरे संगै हाल संघको अध्यक्षमा गायक तथा संगीतकार विश्व दोङ तामाङ रहेका छन् । कार्यकालको हिसाबले १ कार्यकाल उत्साहजनक रुपमा संघको नेतृत्व गरे संगै यो बर्ष फेरी नयाँ नेतृत्व नेपाल तामाङ कलाकार संघले पाउने भएको छ । संघमा हाल चारसयको हारहरीमा तामाङ कलाकारहरु आबद्ध रहेका छन् ।

SHARE