सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौ‌ंबाट पक्राउ गरिएको जानकारी दिए। उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन्।

बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले बताए। उनीहरूले एक अर्ब आठ करोड बढी रकम हिनामिना गरेको आरोप छ।

साउन ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो।

निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ पुगेका हुन्।

SHARE