“थारेङ तामा” सार्वजनिक : तामाङ गीत संगीतमा नयाँ ऊर्जा (भिडियो)

काठमाडौं। तामाङ भाषाको गीत संगीत क्षेत्रले आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ। शुक्रबार सार्वजनिक भएको तामाङ भाषाको गीत “थारेङ तामा” ले नयाँ उर्जा थपेको छ। गीतले परम्परागत तामाङ धुनलाई आधुनिक प्रस्तुतिसँग मिसाएर श्रोता दर्शकलाई नयाँ स्वाद दिएको छ।

गीतलाई स्वर दिएका छन् जितु लोप्चनले। संगीत विज्ञान लामा दोङको रहेको छ।  एरेन्ज जोगलाल लामाले गरेका छन्

गीतका शब्द विनिता लामा र विज्ञान लामा दोङले लेखेका हुन्। शब्द सरल भए पनि भावनात्मक छन्। गीतले तामाङ समाजको प्रेम, बन्धन र जीवनशैलीलाई स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।


भिडियोको छायांकन र सम्पादन सुनिल मोक्तानले गरेका छन्। दृश्यमा कलात्मक प्रवाह छ, जसले गीतको भावलाई  उजागर गरेको छ। रंग संयोजन मेख बहादुर थापाले गरेका छन्, जसले भिडियोलाई जीवन्त बनाएको छ।

यस भिडियोमा कुमार मोक्तान, सीता लामा, बुद्धा थिङ र राजेन्द्र केसीको अभिनय देख्न पाइन्छ ।

गीतको कथा, निर्देशन कुमार मोक्तानले गरेका हुन्। “हाम्रो लक्ष्य गीतलाई केवल दृश्यात्मक सौन्दर्यमा सीमित नराखी, कथा र सन्देशसहित प्रस्तुत गर्ने थियो,” निर्देशक मोक्तानले भने। भिडियोमा एकरुपता र स्पष्ट दृष्टिकोण देखिन्छ।

“थारेङ तामा” तामाङ गीत संगीतमा एउटा उल्लेखनीय योगदान बनेको छ। यसले तामाङ समुदायको मौलिक संस्कृति मात्र नभई नेपाली सांगीतिक बजारमै नयाँ पहिचान बनाउन सक्नेछ। “हामीले यो गीतमार्फत हाम्रो संस्कृतिको आत्मा देखाउन खोजेका छौं,” निर्देशक मोक्तान भन्छन्, “श्रोता दर्शकको माया नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हुनेछ।”

SHARE