चलचित्र मायाला घ्रानको “मायाला घ्रान” गीत ओ एस आर डिजिटलबाट सार्बजनिक

तामाङ भाषाको चलचित्र मायाला घ्रानको “मायाला घ्रान” गीतको भिडियो ओ एस आर डिजिटलबाट सार्बजनिक गरिएको छ ।

कलाकार आशिष रुम्बा ,छिरिङ मोक्तानको अभिनय रहेको छ । गीतमा लोकप्रिय कलाकार सुरेश लामा र जितु लोप्चनको   स्वर रहेको  छ ।  भने शब्द कृष्ण लामा, संगीत देब स्याङ्तान र देब स्याङ्तानको  संगीत संयोजन रहेको छ ।

उक्त  गीतको भिडियो निर्देशन निमा लामा तामाङले गरेका हुन्। भिडियोमा सुर्य लामाको छायाँकन र बिस्वाश भण्डारीको सम्पादन  रहेको छ ।

चलचित्र मायाला घ्रान भने पौषमा प्रदर्शनीमा आउने भएको छ ।

SHARE