नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
विभिन्न पालिकाहरुकाा ९८६ जना बिरामीहरुको आँखा परिक्षण गर्दा २१० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली, आई केयर फाउन्डेशन र रिड्ली फाउन्डेशनको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

त्यस्तै असोज १५ गतेदेखि १७ गतेसम्म जुम्लाको हिमा गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ४३ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ३ सय ५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
त्यसैगरी असोज २० र २१ गते कालिकोटको पलाँता गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ७७ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने २ सय २५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
