कञ्चनपुरमा ३० वर्षीया महिलामाथि जबरजस्ती करणी

कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-७ टेडीया बस्ने ४० वर्षीय हरिचन्द्र रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका-७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

SHARE