गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् ।

गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मङ्गलवार साँझ अस्पताल पुग्नु भएको थियो ।
आंशिक अवरोध रहेको भागमा डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर उहाले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका थिए । चीनको भ्रमणमा रहेको बेला गत असोज ३० देखि कार्तिक १ सम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो । उनको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध देखिएको थियो ।

SHARE