विभिन्न चाडपर्वमा विद्यार्थीलाई फरक पोसाक किन्न लगाउने विद्यालयलाई कारबाही हुने

विभिन्न चाडपर्वको समयमा विद्यार्थीहरुलाई विद्यालयको भन्दा फरक किसिमका पोसाकहरु किन्न लगाउने काठमाडौं महानगरभित्रका विद्यालयहरुलाई कारबाही गरिने भएको छ । महानगरको शिक्षा विभागले सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ । सूचना अनुसार काठमाडौं महानगर भित्रको केही विद्यालयहरुले विद्यार्थीहरुलाई फरक पोसाक किन्न बाध्य बनाएको गुनासो आएकाले यसलाई मध्यनजर गर्दै अन्य पोसाक किन्न नलगाउन सबैलाई अनुरोध गरेको छ ।’कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५( संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ’ सूचनामा उल्लेख गरिएको छ ।

सूचना :

SHARE