तामाङ चलचित्र संघ नेपालको १४ औं साधारण सभा तथा ७ औ महाधिवेशनबाट अध्यक्ष कुमार मोक्तान सहित २९ सदस्यीय नयाँ कार्यसमिति चुनिए

तामाङ चलचित्र संघ नेपालको १४ औं साधारण सभा तथा ७ औ महाधिवेशनबाट अध्यक्ष कुमार मोक्तान सहित २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।

शनिबार जोरपाटीस्थित याङरिमा हिल सिटीमा भएको कार्यक्रममा नयाँ कार्यसमिति गठन गरिएको हो ।

तामाङ चलचित्र संघ नेपालको अध्यक्षमा पुनः  मोक्तान,संघको वरिष्ठ उपाध्यक्षमा  दिपक तामाङ,उपाध्यक्षमा अमर लामा र विनायक तामाङ तथा महिला उपाध्यक्षमा सुनिता लुङबा महासचिवमा ऋतुराज पाख्रिन,सचिवमा उतर लामा (संगुल),कोषाध्यक्षमा जोगलाल लामा,सह कोषाध्यक्षमा सुनिता दोङ सर्वसम्मत चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा मायादेवी मोक्तान,सुस्मा मोक्तान,बुद्ध तामाङ,दिपक तामाङ स्याङतान,कुइसाङ रुम्बा,संजय हुत्त,रुपा एस घले,बीरमान स्याङतन,प्रवल थिङ,कुमारी माया ग्लान,ज्ञानदास तामाङ,संगीता तितुङ,सञ्चु थोकर,रेसम कुमार स्याउली,सृजना तामाङ चयन भएका छन् । कार्यसमितिमा अन्य ६ जना भने मनोनित गर्ने संघको अध्यक्ष मोक्तान बताए । महाधिवेशनबाट निवर्तमान कार्यसमिति उपाध्यक्ष भुइसाल लामा,निर्देशक विनय दोङ र वरिष्ठ नायिका चाँदनी मोक्तानलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

 

पुनः अध्यक्षको जिम्मेवारी पाएका मोक्तानले तामाङ चलचित्रकर्मीहरुको एकतामा जोड दिए । सबै कलाकारहरुको एकताबाट नै कलाकार र कला क्षेत्रको विकास हुने भन्दै उनले सबै कलाकारहरुलाई एकै थलोमा भेला गराउने योजना रहेको बताए । मोक्तानले संघ भेगीय भाषिक तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने सबै कलाकारहरुको साझा संस्थाको रुपमा अढि बढ्ने विश्वास व्यक्त गरे ।

तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा दिइदै आएको स्व. जयनन्द लामाको सम्मानमा स्थापित सेमरी छोरङान अवार्ड,टिएफआर सम्मानलाई थप व्यवस्थित र विस्तारित रुपमा लैजाने बताए ।

कलाकारहरुलाई आफ्नो पेसामा अझ उत्साहित बनाउन अवार्डले महत्वपूर्ण भुमिका खेल्ने भन्दै उनले तामाङ कलाकारहरु पनि अन्तर्राष्ट्रिय फोरमहरुमा पुग्ने अवस्थाको सृजना गर्ने प्रतिवद्धता समेत जनाएका छन ।अध्यक्ष मोक्तानले तामाङ चलचित्र संघले स्थानीय सरकार,बागमती प्रदेश सरकार,विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी अघि बढ्ने सोच बनाएको पनि उल्लेख गरे ।

खुल्ला सत्र  उद्घाटन समारोहमा  महासचिव  लुङबाद्वारा प्रस्तुत सांगठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष जोगलाल लामाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए

तामाङ चलचित्रकर्मीहरुको पेसागत हकहित तथा व्यावसायिक विकासका साथै तामाङ भाषा,संस्कृति कलाको संरक्षण प्रवर्द्धनमा क्रियाशील तामाङ चलचित्र संघको महाधिवेशनको बागमती प्रदेशका पूर्वसभामुख तथा प्रदेशसभा सदस्य राधिका तामाङले उद्घाटन गरेकी  थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले तामाङ भाषा,संस्कृतिको प्रवर्द्धनका साथै पहिचानको पुर्नस्थापना र एकताका लागि चलचित्रकर्मीहरुको भुमिका महत्वपूर्ण हुने बताइन् ।

उनले बागमती प्रदेश सभा तथा सरकारले तामाङ,नेवा भाषा र लिपीलाई सरकारी कामकाजी भाषा र लिपीको रुपमा पास गरेर अघि बढाएको भन्दै यसको सफल कार्यन्वयनका लागि कलाकार,पत्रकारले पनि उत्तिकै खबरदारी र जागरणको काम गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमका अन्य अतिथिहरुले तामाङ भाषा,संस्कृतिको संरक्षण र प्रवर्द्धनमा तामाङ चलचित्र,कलाकारले आजसम्म गरेको कामको समिक्षा गर्दै थप उपलब्धी हाँसिल गर्नतर्फ अघि बढ्न सुझावसमेत दिएका छन ।

कार्यक्रममा तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान वल तामाङ,तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन वल,तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जन,म्हेन्दोमाया कलाकार संघका अध्यक्ष आरम्भ तामाङ,तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान,वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

 

 

SHARE