लिबिङ वाटर नेपालको आर्थिक सहयोगमा जिरी नगरपालिका ७ हिले सिंङनामा ८४ वटा धारा निर्माण

वडा अध्यक्ष शान्त नेपालीको पहलमा उक्त कार्य सम्पन्न भएको हाे। लिबिङ वाटर नेपाल नामक गैर-सरकारी सस्थाको १४ लाख ७२ हजार रुपैयाँको आर्थिक सहयोगमा ८४ वटा धारा निर्माण गर्नुका साथै १ वटा १० हजार लिटर र २ वटा ६ हजार लिटरको RBT को निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष नेपालीले बताए ।

उक्त सस्थाको प्रतिनिधि वडा नम्बर ७ मा रहेको श्री माथिल्लो सिक्री आधारभुत बिद्यालय, श्री सेरोल्पा आधारभुत बिद्यालय, श्री देउराली साथै जनप्रतिनिधि तथा गाउँबासीको उपस्थितिमा खानेपानी योजना वडा अध्यक्ष नेपालीले रिबन काटी उद्घाटन गरे। वडा अध्यक्षको समन्वयमा S.S फाउण्डेशनको आर्थिक सहयोगमा जिरी न.पा. आधारभुत बिद्यालय र श्री छहारे आधरभुत बिद्यालयमा अध्यन गर्ने १६६ जना बालबालिकाहरुलाई झोला वितरण गर्नुका साथै जिरी प्राबिधिक शिक्षालयमा अध्यनरत जिरी नगरपालिका भित्रका उत्कृष्ट विद्यार्थीहरुलाई ५ लाख वडा नं.७ को तर्फबाट छात्रवृत्तिको लागि राखिएको वडा अध्यक्ष नेपालीले बताए।

माथबरसिंह स्मृति प्रतिष्ठानको सदस्य तथा जिरी ७ निबासी हाल जापनमा रहनु हुने समाजसेबी प्रिन्स खड्का (नबिन) द्वारा १ लाख बराबरको खड्काले बाल्यकालमा अध्ययन गरेको श्री सेरोल्पा आधारभुत बिद्यालयको २० जना विद्यार्थी बस्न मिल्ने २० वटा बेन्च र बिद्यालयका प्रधानाध्यापकको लागि कम्प्युटर, स्टेसनरीका सामाग्री वितरण गरेको नेपालीले खुल्ला पत्रलाई जानकारी गराए ।

SHARE