‘छाती फुलाएर गर्वका साथ बिदाइ हुन पाउँदा खुसी लागेकाे छ’ : नरेश शाही

आफ्नो कार्यकालमा भएका कामकाे संक्षिप्तमा जानकारी गराउँदै सुदूरपश्चिम प्रदेश सरकारबाट आर्थिक मामिला मन्त्री नरेश कुमार शाही बाहिरिएका छन्।

बिहीबार पत्रकार सम्मेलनमार्फत् उनले १४ महिना काम गर्ने अवसर प्राप्त दिइएकोमा आफ्ना मतदाता लगायत सबै पक्षलाई आभार व्यक्त गरे।उनी गत वर्ष माघ २७ गते मन्त्रीमा नियुक्त भएका थिए। उनले एक वर्ष बजेट ल्याउने अवसर पनि प्राप्त गरे। एकीकृत समाजवादी पार्टीबाट आर्थिक मामिला मन्त्रीकाे जिम्मेवारी सम्हालेका उनले करिब १४ महिनामा केही महत्त्वपूर्ण उपलब्धि पनि भएको दाबी गरे।

आफूले बजेट ल्याउँदा अनुत्पादक क्षेत्रकाे बजेटलाई निरूत्साहित गरेकाे शाहीले  बताए। यस्तै घाटा बजेट पनि नकारेकाे बताए। विगतभन्दा आर्थिक वृद्धिदर पनि बढाएकाे उनकाे भनाइ छ। आफ्नो कार्यकालमा १५ वटा ऐन नियमावली बनेकाे उनले जानकारी दिए।

‘सुदूरपश्चिम सरकारबाट बाहिरिँदा केही दु:ख लागेकाे छैन, अब अर्कोले जिम्मेवारी लिन्छ, प्रदेशकाे विकासका विषयमा जिम्मेवारी लिने खटिएर काम गर्नुपर्छ,’ उनले भने, ‘छाती फुलाएर गर्वका साथ बिदाइ हुन पाउँदा खुसी लागेकाे छ।’आज नै सरकारलाई दिएको सर्मथन एकीकृत समाजवादी पार्टीले फिर्ता लगेकाे छ।

SHARE