चलचित्र ‘ग्याल्बो राजा’ को पहिलो शो वैशाख १५ मा हुँदै

काठमाडौं । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र “ग्याल्बो राजा” नयाँ वर्षको अवसर पारेर पहिलो  शो यहि वैशाख १५ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

चलचित्र “ग्याल्बो राजा” मा नायक विनायक तामाङ र नायिका संगीता तितुङलाई मुख्य भूमिकामा देख्न सकिन्छ भने अर्जुन गुरुङ ,माया देबि मोक्तान ,सन्जय लामा रुम्बा, रमेश स्यङ्तान, सन्तबिर लो ,मानिका सिङ्तान, केबि मोक्तान, मेम्मर लो ,बाबु राम सुबेधी (तिरे) ,सुनलाल वाइबा, नोर्पु तामाङ, रेशम कुमार स्याउलि तामाङ ,राजु नेगि तामाङ ,रितु तामाङ (भिमा), किताब सिंह घ्लान, सगर लामा, रोजिना तामाङ, सबिन तामाङ (किरण) ,किसोर श्रेष्ठ, राम बहादुर तामाङ ,अमृत तामाङ ,रखिन्द्रा कुमार थिङ(बौदलि काईला ),सम्तेन मोक्तान ,बसन्ती राई ,उषा मगर,नवीन खडका सन्जना तामाङ, लक्ष्मी तामाङ लगायत कलाकारको अभिनय छ।  फिल्मको कथा संगीता तितुङले लेखेका हुन्।

फिल्मलाई किताब सिंह घलानले निर्माण गरेका छन्।  सन्चु लामा थोकरले छायांकन गरेको फिल्मलाई बन्दे प्रसतले सम्पादन गरेका छन,भने फिल्मको निर्देशन बिनायक तामाङ गरेका छन ।

SHARE