नायक मोक्तानको अभिनयमा ‘भाईरल तासाई’ बोलको गीत सार्वजनिक

‘भाईरल तासाई’ बोलको गीत सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक गीतमा प्रकाश लामा र सुमिना लोको स्वर रहेको छ। यसको भिडिओमा  नायक बुद्ध तामाङ र अम्बिका तामाङको अभिनय रहेको छ ।

एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका नायक कुमार मोक्तानले यो गीतमा अभिनय गरेका हुन्।

कुमार मोक्तानको शब्द रहेको गीतलाई जोगलाल लामाले संगीत र एरेन्ज नुर्बु शेर्पा  गरेका हुन्। प्रतिक ङेसुरको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ तयार भएको हो।

जीवन बास्कोटाको छायांकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन रहेको छ। गीतलाई मिन्सीङ प्रोडक्सन अफिसियल युटुब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।

SHARE