राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा चल्न सकेन महानगरको डोजर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय रहेको भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाउने तयारी गरेको छ । मापदण्डविपरीत बनेको घरमा डोजर चलाउन लागेको महानगरलाई रोक्न राप्रपाले अनेक प्रयास गरेको छ ।

राप्रपा–महानगर विवादले आज दिनभर धुम्बाराहीस्थित राप्रपाको कार्यालय क्षेत्र तनावग्रस्त भएको थियो । राप्रपाका नेता कार्यकर्ताको अवरोध र महानगरले डोजर चलाउने कार्य तत्काललाई रोकिएको छ । घर भत्काउन राप्रपाले महानगरमा ३५ दिने सूचना माग गरेको थियो । महानगरले भने सार्वजनिक सूचना जारी गरेकका कारण ३५ दिने सूचना आवश्यक नरहेको दाबी गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन मुनितिर बनाएको घर मापदण्डविपरीत हुने भन्दै महानगर भत्काउने निर्णयमा पुगेको हो ।

राप्रपा र महानगरबीच १५ साउनमा घर भत्काउने र जोगाउने  मारमुंग्री चले पनि राप्रपाको कार्याल रहेको यो घर लामो समयदेखि विवादमा  छ । घरधनी दिलविकास राजभण्डारीले एक वर्षअघिदेखि  घर खाली गरिदिन राप्रपालाई आग्रह गर्दै आएका छन् । राप्रपाले भने अटेर गरेर उक्त भवनमै कार्यालय  सञ्चालन गर्दै आएको छ ।

SHARE